स्वास्थ्य मन्त्रिमा नोबेल मेडिकल कलेजका प्रिन्सिपल प्रा.डा.रामहरि घिमिरेको चर्चा
कपन अनलाइन
काठमाडौं, असोज ९।
प्रा.डा. रामहरि घिमिरे स्वास्थ्य मन्त्रालयको नेतृत्वका लागि सम्भावित व्यक्तित्वका रूपमा चर्चामा आएका छन्। २०३१ साल असोज १५ गते (October 1974) वखलढुंगामा जन्मिएका घिमिरे बुवा भिमबहादुर घिमिरे र आमा रूकुमाया घिमिरेका छोरा हुन्।
धनुषास्थित श्री सार्वजनिक नमुना उच्च माध्यमिक विद्यालय, बेंगेडावरबाट आधारभूत शिक्षा सुरु गरेका घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट MBBS र MD पूरा गरे। त्यसपछि धरानस्थित B.P. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS) बाट DM अध्ययन सम्पन्न गर्दै उच्चस्तरीय चिकित्सकको रुपमा स्थापित भए। हाल घिमिरे बिराटनगरको नोबेल मेडिकल कलेजका प्रिन्सिपल छन्।
उनको नेतृत्वमा कलेजले शैक्षिक गुणस्तर, अनुसन्धान र स्वास्थ्य सेवामा उल्लेख्य प्रगति गरेको भन्दै चिकित्सक समुदायले प्रशंसा गर्दै आएको छ।
जनकपुर, मिथिला नगरपालिका–१० लालगढलाई आफ्नो कर्मभूमि बनाउँदै आएका घिमिरे स्वास्थ्य क्षेत्रमा मात्र नभई राष्ट्रिय स्तरको नेतृत्वमा प्रवेश गर्न सक्ने सम्भावित पात्रका रुपमा चर्चामा रहेका छन्। “गरिब किसानको छोरा संघर्ष गर्दै माथि उठेर देशकै उच्च शैक्षिक योग्यता हासिल गर्ने घिमिरे धेरै युवाका लागि प्रेरणा हुन्,” स्थानीयले भनेका छन्।
तपाइँको प्रतिक्रिया ।
