डेमोन्स्ट्रेसन टोलीलाई काठमाडौं तेक्वान्दोको प्रोत्साहन
कपन अनलाइन
काठमाण्डौ,असोज १।
काठमाडौं जिल्ला तेक्वान्दो संघले रियलिटी सो ‘इन्डियन गोट ट्यालेन्ट’ मा सहभागी हुने एनटीए डेमोन्स्ट्रेसन टिम, नेपाललाई मंगलबार बिदाइ गरेको छ ।
काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गी, सचिव गौरव रजक लगायतले टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरे ।
सो अवसरमा टोलीलाई प्रोत्साहन स्वरुप २५ हजार रुपैयाँ प्रदान गरिएको सचिव रजकले जनाएका छन् । मन्दिप राईको नेतृत्वमा २६ सदस्यीय टोली बुधबार भारतको मुम्बई प्रस्थान गर्ने छ ।
तपाइँको प्रतिक्रिया ।
