भाद्र २४ गते अशान्त बनेको कपन २५ गते बिहान शान्त,सुरक्षामा नेपाली सेना….
कपन अनलाइन
काठमाण्डौ,भाद्र २५।
जेन जी आन्दोलनका कारण भाद्र २४ गते निकै अशान्त बनेको कपन क्षेत्र आज बिहान ९ बजे सम्म शान्त देखिएको छ। आन्दोलनका कारण सो क्षेत्रका वडा कार्यालयहरुमा पूर्ण क्षती पुगेको छ भने जनप्रतिनिधी हरुको निवासमा पनि क्षति पुगेको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ र १२ को कार्यालयमा आगजनी भएको छ भने वडा नं १० को कार्यालय तोडफोड गरिएको छ। कुनै मानवीय क्षति नभए पनि संरचनामा भने ठुलो अशर पुगेको छ।
अहिले सो क्षेत्रमा सामान्य रुपमा सवारी साधन चलेपनि कुनै प्रदर्शन भने भएको छैन ।
तपाइँको प्रतिक्रिया ।
