सेना परिचालन : अत्यावश्यक बाहेक बाहिर नसिस्कन आग्रह
कपन अनलाइन
काठमाडौं, भाद्र २५।
काठमाडौंका सडकहरूमा नेपाली सेनाले गस्ती गरिरहेको छ ।
मंगलबार भएको जेन-जीन आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनालगायत सुरक्षा निकाय परिचालित भएका हुन् ।
सेनाले घर र गल्लीबाहिर निस्किएका सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गरेको छ ।
आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको छ ।
प्रदर्शनकारीले आगो लगाएको संसद भवनमा सेनाले सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको छ ।
तपाइँको प्रतिक्रिया ।

