द भेलोसिटी स्कुलद्वारा आयोजित प्रथम अन्तरविद्यालय अन्डर–१२ छात्र फुटसल सम्पन्न

द भेलोसिटी स्कुलद्वारा आयोजित प्रथम अन्तरविद्यालय अन्डर–१२ छात्र फुटसल सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २३।

द भेलोसिटी स्कुलले आयोजना गरेको प्रथम भेलोसिटी अन्तरविद्यालय अन्डर–१२ छात्र फुटसल प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। भाद्र २१ र २२ गते आयोजित यस प्रतियोगितामा कुल १६ वटा विद्यालयका टोलीहरूले सहभागिता जनाएका थिए।
प्रतियोगितामा विद्यावाणी पाठशालाले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पार्न सफल भयो। यस्तै, क्रिस्टियन कम्युनिटी स्कुल दोस्रो स्थानमा रह्यो भने तेस्रो स्थान हासिल गर्न ब्रह्मकुञ्ज शिक्षा सदन सफल भयो। यसका साथै, अक्षरा स्कुलले फेयर प्ले अवार्ड प्राप्त ग¥यो।
कार्यक्रमको समापन समारोहमा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी पूर्व कप्तान तथा खेलाडी एन्जिला तुम्बापो सुब्बाको विशेष उपस्थिति रहेको थियो। उनले प्रतियोगिताको भव्यता र आयोजक स्कुलले खेलकुद विकासका लागि चालेका कदमहरूको प्रशंसा गरे।
“खेलमार्फत आपसी एकता र सकारात्मक ऊर्जाको प्रवद्र्धन“ लाई मूल मन्त्रका रूपमा लिएर आयोजना गरिएको यस प्रतियोगिताले खेलाडीहरूमा उत्साह थपेको थियो। कार्यक्रमका सभापति एवम् द भेलोसिटी स्कुलका प्रिन्सिपल रेखा खनालले विजेता टोलीहरू, उत्कृष्ट किपर, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता लगायत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई बधाई तथा शुभकामना ज्ञापन गरिन्। साथै, उनले प्रतियोगिताको सफल आयोजनामा सहयोग पु¥याउने सम्पूर्ण प्रायोजकहरूलाई हार्दिक आभार व्यक्त गरिन् ।

तपाइँको प्रतिक्रिया ।