श्री प्रेम मिलन माध्यमिक विद्यालयमा गणित शिक्षक आवश्यकता !
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २२।
मकवानपुरगढी गाउँपालिका–८ स्थित श्री प्रेम मिलन माध्यमिक विद्यालयमा गणित शिक्षकको आवश्यकता भएको विद्यालयले जनाएको छ।
विद्यालयले प्रकाशित गरेको विज्ञापनअनुसार माध्यमिक तह (त्रि.सं.अनुदान) गणित विषयका लागि १ जना शिक्षक माग गरिएको छ। इच्छुक उम्मेदवारले बी.एस्सी वा बी.एड. (गणित विषय) उत्तीर्ण गरेको हुनुपर्नेछ।
उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ। आवेदन शुल्क १००० रुपैयाँ तोकिएको छ भने लिखित, मौखिक र कक्षा अवलोकन गरी छनोट प्रक्रिया पूरा गरिनेछ।
आवेदन दिने अन्तिम मिति २०८२ साल असोज १२ गते दिउँसो ४ बजे सम्म तोकिएको छ। इच्छुक उम्मेदवारहरूले विद्यालयमा आवश्यक कागजातसहित उपस्थित वा विद्यालयको इमेल premmilan45@gmail.com मा पठाउन सक्ने व्यवस्था मिलाइएको छ।
अधिक जानकारीका लागि विद्यालय प्रशासनसँग सम्पर्क गर्न सकिने विद्यालयले जनाएको छ।
