श्री गणेश आधारभूत विद्यालय दक्षिणकाली नगरपालिका–३ मा विज्ञान शिक्षकको आवश्यकता !
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १९।
दक्षिणकाली नगरपालिका–३, सेतीदेवी, भञ्ज्याङस्थित श्री गणेश आधारभूत विद्यालयले करार सेवामा विज्ञान शिक्षकको आवश्यकता रहेको सूचना प्रकाशित गरेको छ। विद्यालयले जारी गरेको विज्ञापन नं. ०१/०८२/०८३ अनुसार माध्यमिक तह, तृतीय श्रेणी विज्ञान शिक्षक पदका लागि १ जनाको दरखास्त आह्वान गरिएको छ।
पद विवरण:
-
विज्ञापन नं.: ०१/०८२/०८३
-
पद: विज्ञान शिक्षक
-
संख्या: १
-
तह/श्रेणी: नि. मा. वि., तृतीय
-
नियुक्ति किसिम: करार
योग्यता:
-
विज्ञान विषयमा स्नातक (+२ वा सो सरह) उत्तीर्ण।
-
अध्यापन अनुमतिपत्र प्राप्त।
-
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको।
अन्य विवरण:
-
तलब स्केल: नेपाल सरकारको नियमानुसार।
-
दरखास्त शुल्क: रु. १००० (विद्यालयमा बुझाउनुपर्ने)।
-
परीक्षा प्रकार: लिखित, अन्तरवार्ता तथा कक्षा अवलोकन।
-
दरखास्त दिने अन्तिम मिति: २०८२ साउन ३१ गते रातिसम्म (अन्तिम दिन बिदा परे भोलिपल्ट)।
-
सम्पर्क मिति: २०८२ भदौ १ गते।
-
परीक्षा मिति: सम्पर्क मितिमा तोकिने।
विद्यालयले शिक्षक सेवा आयोगको करार सूचीमा नाम समावेश भएका उम्मेदवारलाई प्राथमिकतामा राखी नियुक्ति गरिने जनाएको छ।
