बुढानिलकण्ठ-११ मा जनप्रतिनिधि संग पदयात्रा सम्पन्न

बुढानिलकण्ठ-११ मा जनप्रतिनिधि संग पदयात्रा सम्पन्न

कपन अनलाइन

काठमाडौं,भाद्र १५।

बुढानिलकण्ठ नगरपालिका वडा -११ मा जनप्रतिनिधि संग पदयात्रा सम्पन्न भएको छ ।
बुढानिलकण्ठ नगरपालिका र वडा -११ बाट निर्वाचित जनप्रतिनिधिहरुले वडाका विभिन्न स्थानहरुको भ्रमण गर्दै स्थानीयहरु संग अन्तरक्रिया समेत गरेका थिए।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी र वडा अध्यक्ष राजु अधिकारी सहित जनप्रतिनिधिहरुको सहभागीता रहेको उक्त पदयात्रामा स्थानीयहरुको पनि सहभागिता रहेको थियो ।
नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा -११ कमिटीको आयोजनामा भएको सो पदयात्रामा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु पनि बाक्लो शंख्यामा उपस्थित रहेका थिए।

तपाइँको प्रतिक्रिया ।