नगर प्रहरी आवश्यकता !
कपन अनलाइन
काठमाडौं , भाद्र ११ ।
मेन्छ यायेम गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय मोराहाङ, तेह्रथुमले नगर प्रहरी (अस्थायी) पदमा करार सेवाका लागि दरखास्त आह्वान गरेको छ। कार्यालयले सोमबार सूचना जारी गर्दै ४ जना नगर प्रहरीका लागि आवेदन दिन सकिने जनाएको हो।
सूचनाअनुसार न्यूनतम शैक्षिक योग्यता एसईई (कक्षा १०) उत्तीर्ण हुनुपर्नेछ। उमेर हद १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन पाउनेछन्। दरखास्त दस्तुर रु. ३०० तोकिएको छ।
दरखास्त दिने म्याद २०८२ साल भदौ ११ गतेदेखि २०८२ साल भदौ २५ गतेसम्म रहनेछ। इच्छुक उम्मेदवारले मेन्चयायेम गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालयमा आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ।
छान्ने प्रक्रिया अन्तर्गत लिखित, शारीरिक तन्दुरुस्ती, मौखिक परीक्षा तथा अन्तर्वार्ता समावेश हुने जनाइएको छ। निवेदन दर्ता गर्दा शैक्षिक योग्यता प्रमाणपत्र, नागरिकता प्रमाणपत्र, दरखास्त दस्तुर भुक्तानी गरेको प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरू संलग्न गर्नुपर्नेछ।
गाउँपालिकाले योग्य उम्मेदवारलाई नगर प्रहरीका रुपमा करार सेवामा नियुक्त गर्ने जनाएको छ।
