उमा कटवाल क्याम्पस ओखलढुंगामा क्याम्पस प्रमुख पदका लागि दरखास्त आह्वान

उमा कटवाल क्याम्पस ओखलढुंगामा क्याम्पस प्रमुख पदका लागि दरखास्त आह्वान

कपन अनलाइन

काठमाडौं , भाद्र १० ।

सिद्धिचरण नगरपालिकास्थित ओखलढुंगाको उमा कटवाल क्याम्पसले क्याम्पस प्रमुख (पूर्णकालीन) पदका लागि पुनः दरखास्त आह्वान गरेको छ। यसअघि २०८२ साल साउन ६ गते प्रकाशित विज्ञापनमा पर्याप्त दरखास्त नपरेपछि संशोधित आधारसहित पुनः दरखास्त माग गरिएको क्याम्पसले जनाएको छ।

क्याम्पस प्रमुख पदका लागि उम्मेदवार नेपाली नागरिक, स्नातकोत्तर (एम.ए./एम.एड. वा सो सरह) उत्तीर्ण हुनु पर्नेछ। साथै, एमफिल वा पिएचडी प्राप्त उमेदवारलाई प्राथमिकता दिइनेछ। नेतृत्व क्षमता, शैक्षिक कौशल, कार्ययोजना निर्माणमा दक्षता तथा शैक्षिक प्रशासनिक अनुभवलाई समेत मूल्याङ्कन गरिने सूचनामा उल्लेख छ।

आवश्यक कागजातहरू मा निवेदन, अद्यावधिक जीवनवृत्तान्त (CV), नागरिकताको प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र प्रतिलिपि, अध्यापन अनुमतिपत्र, अनुभव प्रमाणपत्र, सिफारिस पत्र र पासपोर्ट साइजका दुई प्रति फोटो संलग्न गर्नुपर्नेछ।

तपाइँको प्रतिक्रिया ।