श्री भुवनेश्वरी माध्यमिक विद्यालयमा विज्ञान शिक्षकको आवश्यकता !
कपन अनलाइन
काठमाडौं , भाद्र ९ ।
सिगास गाउँपालिका–७, बैतडीस्थित श्री भुवनेश्वरी माध्यमिक विद्यालयले विज्ञान विषयका लागि शिक्षक माग गरेको छ। विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार एक जना माध्यमिक तह तृतीय श्रेणी, विज्ञान विषय, सहायक अनुमोदन शिक्षक आवश्यक भएको विज्ञापन गरिएको हो।
विज्ञापन नं. ०१–०८२/८३ अनुसार दरखास्त शुल्क रु. १००० तोकिएको छ। दरखास्त दिनका लागि आवेदकले स्नातक तहमा विज्ञान विषय लिएर अध्ययन पूरा गरेको हुनुपर्नेछ।
आवश्यक कागजातमा नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यता प्रमाणपत्र, अध्यापन अनुमतिपत्र र लिखित निवेदन अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ।
परीक्षाको प्रकार लिखित र अन्तर्वार्ता हुनेछ भने तलब तथा सुविधा नेपाल सरकारको प्रचलित नियमानुसार हुनेछ।
दरखास्त दिने अन्तिम मिति २०८२ साल भदौ १७ गते तोकिएको छ। इच्छुक उम्मेदवारले विद्यालयमै उपस्थित भई वा इमेल (bhuvaneswarimadhyamikhairkot@gmail.com) मार्फत दरखास्त दिन सक्ने व्यवस्था गरिएको विद्यालयले जनाएको छ।
