स्कुटर चोरीमा संलग्न एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा
कपन अनलाइन
काठमाडौं , भाद्र९ ।
काठमाडौं महानगरपालिका २६ मित्रनगरबाट आज (आइतबार) स्कुटर चोरीमा संलग्न एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आउनेमा काठमाडौंको गल्कोपाखा बस्ने ३७ वर्षीय रिकेश खड्गी रहेका छन् ।
वास्तविक नम्बर प्रदेश ०३-०२-००५ प ३ ७ २ रहेको स्कुटरको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०२१ प ७९२४ राखि चलाइरहेको अवस्था फेला पारी खड्गीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
उक्त स्कुटर भक्तपुर बस्ने कञ्चन भुजुले काठमाडौंको ठमेलबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।
स्कुटर सहित नियन्त्रणमा आएका उनलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त लैनचौर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिएका छन ।
आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी उपरीक्षक गिरीले सम्पूर्णमा अनुरोध गरेका छन ।
हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम् सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न हुन समेत अनुरोध गरिन्छ ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।
