श्री जनकल्याण माध्यमिक विद्यालय बौद्ध महाँकालमा शिक्षक आवश्यकता !

श्री जनकल्याण माध्यमिक विद्यालय बौद्ध महाँकालमा शिक्षक आवश्यकता !

कपन अनलाइन

काठमाडौं , भाद्र९ ।

काठमाडौं महानगरपालिका–६  स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले शिक्षक र प्रशिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ। विद्यालयले कक्षा ६ देखि १२ सम्मको लागि विज्ञान (रसायन शास्त्र) विषयमा शिक्षक र कम्प्युटर विषयमा प्रशिक्षक आवश्यक भएको जनाएको छ। सूचनाअनुसार, विज्ञान विषयको शिक्षकका लागि स्नातकोत्तर तह वा सो सरह उर्तीण हुनुपर्नेछ भने कम्प्युटर प्रशिक्षकका लागि सम्बन्धित विषयमा स्नातक वा सो सरह उर्तीण हुनुपर्ने योग्यता तोकिएको छ। दुवै पद करार सेवामा रहनेछन्।

दरखास्त पेश गर्ने अन्तिम मिति २०८२ भदौ २२ सम्म तोकिएको छ भने लिखित तथा अन्तर्वार्ता मार्फत छनोट प्रक्रिया सम्पन्न गरिने विद्यालयले जनाएको छ।

दरखास्त दिने उमेदवारले नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको प्रमाण, २ प्रति पासपोर्ट साइज फोटो तथा सम्बन्धित विवरण पेश गर्नुपर्नेछ। अधिक जानकारीका लागि विद्यालयको फोन नम्बर ०१-५२४८१२५३ मा सम्पर्क गर्न सकिने विद्यालय प्रशासनले जनाएको छ।

तपाइँको प्रतिक्रिया ।