राष्ट्रिय युवा संघ नेपाल दोलखा जिल्ला कमिटीको प्रथम बैठक सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल दोलखा जिल्ला कमिटीको प्रथम  बैठक सम्पन्न

कपन अनलाइन

काठमाडौं , भाद्र ८।

राष्ट्रिय युवा संघ नेपाल दोलखा जिल्ला कमिटीको प्रथम बैठक सुरज खडकाको अध्यक्षतामा भएको थियो ।

सुरज खडका अध्यक्षतामा बसेको बैठकको प्रमुख अतिथि नेकपा एमालेका पोलिट्ब्युरो सदस्य दोलखा जिल्ला ईन्चार्ज एबम पुर्व सुचना सन्चार मन्त्री पार्वत गुरुङले गरेका थिए भने विशेष अतिथी बाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री भरत बहादुर केसी नेकपा एमाले दोलखा जिल्ला कमिटी अध्यक्ष नर बहादुर श्रेष्ठ  थिए  अतिथीमा राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटी सदस्य एबम दोलखा ईन्चार्ज सरोज बस्नेत , राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटी सदस्य सुजन श्रेष्ठ र राष्ट्रिय युवा संघ नेपाल शिक्षा बिज्ञान तथा प्रविधि बिभाग सदस्य विशाल काफ्ले खत्री रहेका थिए  ।

सम्पन्न बैठकले संगठनलाई अधिवेशन केन्द्रित रहेर हरेक वडा र पालीकाको अधिवेशन अगामी मंसिरसम्म सम्पन्न गरेर जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो ।

उक्त बैठकले यहि भदौ २० देखि २२ गतेसम्म हुने पार्टीको दोश्रो विधान महाधिवेशनको विषयमा छलफल गरेको र बाग्मती प्रदेश वन तथा वातावरण मन्त्री भरत बहादुर केसी , संगठनका केन्द्रीय जिम्मेवारीमा रहेका सरोज बस्नेत ,सुजन श्रेष्ठ र विशाल काफ्ले खत्री एबम जिल्ला संयोजक सुरज खडकालाई बधाई तथा शुभकामना कार्यक्रम गरेको थियो । चरिकोट स्थित पार्टी जिल्ला कार्यलयमा रहेको उक्त बैठक संगठनका हरेक पालिकाको अध्यक्ष , जिल्ला कमिटी सदस्य सहित भब्यताको साथ सप्पन्न रहेको थियो

तपाइँको प्रतिक्रिया ।