नेसनल युनाइटेडमा तीज विशेष कार्यक्रम सम्पन्न

नेसनल युनाइटेडमा तीज विशेष कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं , भाद्र ७।

बुढानीलकण्ठ नगरपालिका वडा नं ८, गणेशचोकस्थित नेसनल युनाइटेड स्कुलमा तीज विशेष कार्यक्रम २०८२ सम्पन्न भएको छ। नेपाली मौलिक संस्कृति तथा रीतिरिवाजलाई संरक्षण एवम् सम्बर्धन गर्ने उद्देश्यले विद्यालयले यस्ता कार्यक्रमहरू आयोजना गर्ने गरेको छ।

हरितालिका तीजको विशेषता, यससँग सम्बन्धित विभिन्न आयामहरू र यसको महत्व उजागर गर्नको लागि विगतमा जस्तै यस वर्षपनि विद्यालयमा कार्यक्रम गरिएको प्रिन्सिपल शायरा हमालले बताएकी छन।

बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनितालामाको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा नेसनल युनाइटेड स्कुलको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सह-प्राध्यापक रेवती प्रसाद दाहाल, शिक्षक अभिभावक संघका अध्यक्ष मनोज प्याकुरेल, विद्यालयका संस्थापक जेबी हमाल लगाएत्शिक्षक कर्मचारी,महिला अभिभावकहरू,छिमेकी महिलाहरू तथा विभिन्न महिला समूहहरू गरी ७०० जना भन्दाबढीको सहभागिता रहेको थियो।

उक्त अवसरमा आमन्त्रित व्यक्तित्वहरुलाई तीज विशेष विविध सांस्कृतिक कार्यक्रमद्वारा मनोरञ्जन गराउनुका साथै तीजको दर खाने कार्यक्रम पनि राखिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा उपप्रमुख लामाले हरितालिका तीजको सामाजिक र सांस्कृतिक महत्व  माथि चर्चागर्दै यो पर्व सामाजिक एकताको प्रतीकका रुपमा रहेको बताएकी थिइन्।

त्यसैगरी महिला अभिभावकहरूप्रति समर्पित गर्दै कार्यक्रम आयोजना गरेकोमा विद्यालय परिवारलाइ धन्यवादज्ञापन गर्नुका साथै निरन्तरताको शुभकामना समेत दिएकी थिइन् ।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।