श्री जीवन ज्योति माध्यमिक विद्यालय चम्पादेवी-९ मिश्र भन्ज्याङ्गमा शिक्षक आवस्यकता !
कपन अनलाइन
काठमाडौं , भाद्र ५।
ओखलढुंगाको चम्पादेवी गाउँपालिका–९ मा रहेको श्री जीवन ज्योति माध्यमिक विद्यालयले गणित र विज्ञान विषयका लागि शिक्षक माग गरेको छ।
विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार करारमा शिक्षक नियुक्ति गर्न विज्ञापन नं. १/२०८२/०८३ अनुसार, गणित/विज्ञान (माध्यमिक तह, द्वितीय) शिक्षक को एक पदका लागि दरखास्त आह्वान गरिएको विद्यालयले जनाएको छ। तलब–भत्ता नेपाल सरकारको नियमअनुसार हुनेछ भने परीक्षा शुल्क रु. २००० तोकिएको छ।
दरखास्त दिने उम्मेदवारले सम्बन्धित विषयमा स्नातक तह (B.Ed./B.Sc.) उत्तीर्ण गरेको हुनुपर्नेछ। उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।
आवेदनका साथ निवेदन, नेपाली नागरिकताको प्रमाणपत्रका प्रतिलिपि २ प्रति, शैक्षिक प्रमाणपत्रका प्रतिलिपि २/२ प्रति, अध्यापन अनुमतिपत्र २ प्रति तथा अन्य आवश्यक प्रमाणपत्र संलग्न गर्नुपर्ने विद्यालयले जनाएको छ।
दरखास्त दिने अन्तिम मिति २०८२ भदौ ६ गते बेलुकी ५:०० बजेसम्म तोकिएको छ। लिखित परीक्षा भदौ ७ गतेदेखि सञ्चालन गरिने र परीक्षाको मिति तथा समय पछि सूचना दिइने विद्यालयले जनाएको छ।
