रास्ट्रीय स्वतन्त्र पार्टी बुढानिलकण्ठ -१३ को सभापतिमा सरोज राज श्रेष्ठ, को को बने सदस्य ?

रास्ट्रीय स्वतन्त्र पार्टी बुढानिलकण्ठ -१३ को सभापतिमा सरोज राज श्रेष्ठ, को को बने सदस्य ?

कपन अनलाइन

काठमाडौँ, भाद्र २।

रास्ट्रीय स्वतन्त्र पार्टी बुढानिलकण्ठ नगरपालिका वडा नं १३ को सभापतिमा सरोज राज श्रेष्ठ निर्वाचित भएका छन । वडा नं १३ मा भएको भेलाले श्रेष्ठको सभापतित्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो।

रास्ट्रीय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य विराज भक्त श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सो भेलाले समितीको उपसभापतिमा निर्मला बस्नेत र सचिवमा अजय श्रेष्ठलाई चयन गरेको छ।

त्यस्तै उक्त भेलाले समितीको सदस्यहरुमा शेर बहादुर कोइराला,निरमाया सुनुवार,नारायण बहादुर श्रेष्ठ,खुरराज चौलागाई,सुजाता कोइराला र विश्व राम खत्रीलाई चयन गरेको छ।

नेकपा माओवादी केन्द्रका स्थानीय नेता अमर श्रेष्ठ रास्वपा प्रवेस गरेको सो भेलामा विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

 

 

तपाइँको प्रतिक्रिया ।