राष्ट्रिय अपाङ्गता संगठन नेपाल बुढानिलकण्ठको दोस्रो नगर अधिवेशन हुने
कपन अनलाइन
काठमाडौँ, साउन १३।
समानता, न्याय र समावेशीकरणको मूल नाराका साथ क्रियाशील राष्ट्रिय अपाङ्गता संगठन, नेपालको दोस्रो नगर अधिवेशन बुढानीलकण्ठ नगरपालिकामा आयोजना हुन लागेको छ।
कार्यक्रम २०८२ साउन १६ गते, शुक्रबारका दिन बिहान ११:०० बजे सुरु हुनेछ। यस अधिवेशनमा अपाङ्गता भएका व्यक्तिहरूका अधिकार, अवसर र समावेशी विकासका मुद्दाहरूमा व्यापक छलफल र आगामी योजनाको निर्माण गरिने अपेक्षा गरिएको छ।
यस अधिवेशनले अपाङ्गता भएका नागरिकहरूको सामाजिक, आर्थिक र राजनीतिक सहभागिता सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। कार्यक्रम बुढानीलकण्ठ नगरपालिकाको संयोजनमा आयोजना गरिनेछ।
सर्वसाधारण, सरोकारवाला निकाय तथा सम्बन्धित संघसंस्थालाई कार्यक्रममा सहभागिता जनाउन आयोजक संस्थाले आग्रह गरेको छ।
तपाइँको प्रतिक्रिया ।
