गोल्फुटार साँस्कृतिक महोत्सवमा आज उर्गेन दोङ र धिरज राइको प्रस्तुति हुने
कपन अनलाइन
काठमाडौं, साउन १०।
बुढानीलकण्ठ नगरपालिका वडा नं. ८ मा अवस्थित गोल्फुटार फुटबल ग्राउण्डमा “गोल्फुटार साँस्कृतिक तथा व्यापार महोत्सव–२०८१” आयोजना हुने भएको छ। महोत्सवको प्रमुख आकर्षण साउन १० गतेका लागि तय गरिएको छ, जहाँ देशका चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ।
महोत्सवमा गायक उर्गेन दोङ, गायक धिरज राई, गायिका अञ्जिला रेम्मी, बालगायिका आयुजा गौतम तथा चर्चित हास्यकलाकार प्रताप हुमागैनाको विशेष प्रस्तुति रहनेछ। कार्यक्रममा शीतल शर्माले होस्टको रूपमा संचालन गर्नेछिन्।
१०० रुपैयाँको प्रवेश टिकटमा विविध मनोरञ्जनात्मक कार्यक्रमहरूको साथै व्यापारिक स्टलहरूको समेत अवलोकन गर्न सकिने आयोजकहरूले जानकारी दिएका छन्। कार्यक्रम महाकाल युवा क्लब, बुढानीलकण्ठ न.पा. वडा नं. ८ र संयुक्त नेपाल मेला महोत्सव समूह प्रा.लिको संयुक्त आयोजनामा सम्पन्न हुँदैछ।
स्थानीय सांस्कृतिक प्रवर्द्धन, व्यवसायिक प्रोत्साहन तथा समुदायबीचको आपसी सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा स्थानीय बासिन्दाको साथै बाहिरी दर्शकहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ।
