बुढानीलकण्ठ नगरपालिकामा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको प्रथम अधिवेशन हुने
कपन अनलाइन
काठमाडौँ, साउन ७।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) को बुढानीलकण्ठ नगरपालिकास्तरीय प्रथम अधिवेशन २०७८ श्रावण १० गते शनिबारका दिन सम्पन्न हुने भएको छ।
कार्यक्रम बुढानीलकण्ठ नगरपालिकाको नगर कार्यलय, सुन्दरीजलमा बिहान ११:०० बजेबाट सुरु हुनेछ। ‘राष्ट्रिय सुरक्षा, स्वाधीनता र भौगोलिक अखण्डता, पूर्व सुरक्षा कर्मीहरूको हकहित हाम्रो प्रतिवद्धता’ भन्ने मूल नाराका साथ आयोजना हुने अधिवेशनले संगठनको सांगठानिक सुदृढीकरण तथा आगामी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको आयोजना नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) र बुढानीलकण्ठ नगरपालिकाको नगर समिति संयुक्त रूपमा गरेका हुन्।
तपाइँको प्रतिक्रिया ।
