पद्मकन्या बहुमुखी क्याम्पसमा नृत्य प्रतियोगिता हुँदै

पद्मकन्या बहुमुखी क्याम्पसमा नृत्य प्रतियोगिता हुँदै

कपन अनलाइन

काठमाडौं, साउन ४ – त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पद्मकन्या बहुमुखी क्याम्पस, बागबजारमा ७५ औं वार्षिकोत्सवको अवसरमा नृत्य विभागद्वारा नृत्य प्रतियोगिता आयोजना गरिने भएको छ। स्नातक तहका विद्यार्थीहरूलाई लक्षित गरी आयोजना हुन लागेको उक्त प्रतियोगिता साउन ४ गते, शुक्रबारको दिन साँझ ४ बजेदेखि नृत्य विभागमा सम्पन्न हुनेछ।

नृत्य विभागका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीहरूलाई विभागमा नाम र विवरण दिएर सम्पर्क गर्न अनुरोध गरिएको छ। प्रतियोगितामा सामूहिक नृत्यमा अधिकतम ५ जना सम्म सहभागी हुन सक्नेछन्। प्रतियोगिता तीन विधामा सञ्चालन हुनेछ:

  1. लोक नृत्य (Traditional or Cultural only)
  2. शास्त्रीय नृत्य (Classical Music or Song only)
  3. आधुनिक नृत्य (Nepali Song and English Only)

कार्यक्रमको समयावधि अधिकतम ५ मिनेटको हुनेछ भने आवश्यक पोशाक तथा तयारीको जिम्मा सहभागीहरूले आफैं गर्नुपर्नेछ।

प्रतियोगिता मिति: २०८१/०४/०४, शुक्रबार
समय: बिहान १०:०० बजे
स्थान: डान्स अडिटोरियम हल, पद्मकन्या क्याम्पस
सम्पर्क: 9841638690, 9840050362, 9841221180

कार्यक्रमका संयोजक उपप्राध्यापक सुशोभना गोंगालीले प्रतियोगिताले विद्यार्थीहरूमा साङ्गीतिक एवं सांस्कृतिक प्रतिभा उजागर गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेकी छ्न ।

 

तपाइँको प्रतिक्रिया ।