संस्कृति इन्टरनेशनल स्कूलको फुटबल टोली डेनमार्कको डाना कपमा सहभागी हुँदै

संस्कृति इन्टरनेशनल स्कूलको फुटबल टोली डेनमार्कको डाना कपमा सहभागी हुँदै

कपन अनलाइन

काठमाडौं, असार ३२।

संस्कृति इन्टरनेशनल स्कूलको १४ वर्षमुनिको टोली डेनमार्कको डाना कप फुटबल प्रतियोगितामा सहभागी हुने भएको छ । विद्यालयको १४ वर्षमुनिका बालक फुटबल टोलीले आगामीजुलाई २१ देखि २६ सम्म डेनमार्कको ह्योरिङ सहरमा आयोजना हुने विश्वप्रसिद्ध डाना कप सेभेन–ए–साइड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने भएको हो ।
यो प्रतियोगिता विश्वकै सबैभन्दा अन्तर्राष्ट्रिय युवा फुटबल प्रतियोगिता मानिन्छ, जहाँ यस वर्ष मात्र ४५ भन्दा बढी देशका १,१०० टोलीहरू सहभागीहुँदैछन्। संस्कृति टोलीलाई औरियम स्पोर्ट्स  एकेडेमीले प्रशिक्षण र नेतृत्व गरिरहेको छ।

प्रतियोगिताको मुख्य विशेषताः
अन्तर्राष्ट्रिय सहभागिताः हरेक वर्ष २०,००० भन्दा बढी खेलाडी, प्रशिक्षक र रेफ्रीहरू एकै स्थानमा भेला हुन्छन्।
१४ वर्षमुनिको समूहः १०० देखि १५० टोलीसम्म सहभागी हुने यस समूहमाविश्वभरका विद्यालय तथा क्लब टोलीहरूले प्रतिस्पर्धा गर्छन्।पाँचदिन सम्म चल्ने राउन्ड–रोबिन खेलपछि ‘ए’ र ‘बी’ फाइनल खेल हुने व्यवस्था रहेको छ ।
उक्त प्रतियोगिता ५० भन्दा बढी घाँसे मैदान र शटल बस सेवा सहितको सुविधा सम्पन्नपार्क भेन्डियामा खेलहरू सञ्चालन हुनेछ ।

विद्यालयकी  संस्थापक निर्देशक दीप्तिआचार्यले भन्नु भयो्, “डाना कपजस्तो अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न पाउनु हाम्रा विद्यार्थीहरूको लागि ऐतिहासिक अवसर हो। यसले उनीहरूको प्रतिभा, अनुशासन र फुटबलप्रतिको उत्साह देखाउँछ। हामी केवल एक टोलीमात्र होइन, नेपालका युवाहरूको आत्मविश्वास र एकताको सन्देश बोकेर जान डेनमार्क लागेका हौं।”
त्यस्तै प्रमुख प्रशिक्षक रमेश महर्जनले भने , “हाम्रा खेलाडीहरूले निकै मेहनतपूर्वक तयारी गरेका छन्। यस्तो अन्तर्राष्ट्रिय प्रतियोगिताबाट उनीहरूको सीप निखारिनेछ, सोचाई फराकिलो हुनेछ र खेलप्रतिको बुझाइ अझ गहिरो बन्नेछ। संस्कृति स्कूलले शिक्षा र खेलकुदको सन्तुलनलाई सधैं प्राथमिकता दिएको छ।”

तपाइँको प्रतिक्रिया ।