सैनिक आवासीय महाविद्यालय चितवनद्वारा विभिन्न पदमा जनशक्ति माग

सैनिक आवासीय महाविद्यालय चितवनद्वारा विभिन्न पदमा जनशक्ति माग

कपन अनलाइन

काठमाडौं, असार ३१।

सैनिक आवासीय महाविद्यालय चितवन, भरतपुर-३ ले विभिन्न विषयका शिक्षक तथा एक जना न्याय सहायक पदमा करार सेवाका लागि दरखास्त आह्वान गरेको छ। महाविद्यालयले रिक्त पदहरूमा करार सेवामार्फत योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो।
विद्यालयका अनुसार शैक्षिक सत्र २०८१/०८२ मा सार्वजनिक विषयको वर्ग सञ्चालन गर्नका लागि निम्न पदहरूमा दरखास्त माग गरिएको छ:
१. शिक्षक पदहरू:
• पी.जी.टी. गणित (करार-१)
• पी.जी.टी. भौतिकशास्त्र (करार-१)

• पी.जी.टी. रसायनशास्त्र (करार-१)
• पी.जी.टी. कम्प्युटर विज्ञान (करार-१)
• पी.जी.टी. नेपाली (करार-१)
• पी.जी.टी. सामाजिक शास्त्र (करार-१)
• पी.जी.टी. अंग्रेजी (करार-१)
• तृतीय शिक्षक (अर्थशास्त्र) करार-१
२. अन्य पद:
• न्याय सहायक (नायब सुब्बा सरह) पूर्णकालीन करार-१
योग्यता:
उम्मेदवारले सम्बन्धित विषयमा न्यूनतम ५०% अंक वा २.४ GPA सहित स्नातकोत्तर तहको अध्ययन पुरा गरेको हुनुपर्नेछ। माध्यमिक तहमा दुई वर्षको शिक्षण अनुभव, अंग्रेजी भाषा तथा ICT मा दक्षता आवश्यक हुनेछ।
उमेर सीमा:
१८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ।
न्याय सहायक पदका लागि सरकारी सेवा आयोगअनुसारको योग्यता आवश्यक हुनेछ।
दरखास्त दस्तुर:
• पी.जी.टी. शिक्षक: रु. ११००।–
• तृतीय शिक्षक: रु. ७५०।–
• न्याय सहायक: रु. ७५०।–
आवेदन म्याद र प्रक्रिया:

दरखास्त दिने अन्तिम मिति २०७९/५/११ बिहान ११:३० बजे तोकिएको छ। लिखित परीक्षा, कक्षा अवलोकन तथा अन्तर्वार्तामार्फत छनोट प्रक्रिया सम्पन्न गरिनेछ।
थप जानकारीका लागि विद्यालयको प्रशासनिक शाखामा सम्पर्क गर्न सकिनेछ।

तपाइँको प्रतिक्रिया ।