बुढानिलकण्ठ-१३ चुनिखेलमा नेकपा (माओवादी केन्द्र ) को बृहत र्याली सम्पन्न

बुढानिलकण्ठ-१३  चुनिखेलमा नेकपा (माओवादी केन्द्र ) को बृहत र्याली सम्पन्न

कपन अनलाइन

काठमाण्डौ,असार १५।

नेकपा (माओवादी केन्द्र )  बुढानिलकण्ठ नगर समितीको आयोजनामा वडा नं १३ चुनिखेलमा बृहत र्याली गरिएको छ।

नेकपा (माओवादी केन्द्र) को नेवा :तामाङ उपत्यका जागरण अभियान अन्तर्गत बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेलमा घर दैलो कार्यक्रम गरिएको नगर समितीका अध्यक्ष भाइ नारायण श्रेष्ठले जानकारी दिएका छन।

नेकपा (माओवादी केन्द्र) बुढानिलकण्ठका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको सो र्याली चुनिखेलका विभिन्न स्थानहरुको पुगेर स्थानीयहरु संग अन्तरक्रिया समेत गरिएको थियो।

सो र्यालीमा केन्द्रिय सचिव तथा  बागमती प्रदेश इन्चार्ज  हितमान शाक्य , काठमाडौ जिल्ला इन्चार्ज  हिमाल शर्मा , केन्द्रीय सदस्य कुमार बोगटी प्रदेश सदस्य डम्बर,अमर बिक,उद्धव चौलागाईं,रबिन गुरुङ,नेवा मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष  उमेश स्थापित, काठमाडौ जिल्ला सचीव महेश्वर फुयाल लगायतको सहाभागिता रहेको थियो।

 

तपाइँको प्रतिक्रिया ।