हार्दिक पन्तलाई विद्यालय स्तरीय बुद्धिचाल प्रतियोताको उपाधि
राष्ट्रिय बुद्धिचाल संघ र हेटौंडा चेस क्लवको संयुक्त आयोजनामा संचालन भएको जननेता मदन भण्डारीको स्मृतिमा आयोजित मदन स्मृति नेकोस यु – १५: विद्यालय स्तर राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिताको उपाधि पुष्प सदन स्कुलका पन्तले जितेका छन्।
आठौं चरणसम्मको खेलमा सात खेलमा जित र एक खेलमा बराबरी खेलि साढे ७ अंक सहित उपाधि हात पारेका हुन्। उनले ट्रफी र नगद २५ हजार पाए। उनले आठौं चरणको खेलमा पभलियन चेस एकेडेमीका कौशिक कार्कीलाई पराजित गरेका थिए। एशियन पब्लिक स्कुलका दिपेन मैनाली दोस्रो र बसुन्धरा नेशनल एकेडेमीका अविन पाण्डे दोस्रो र तेस्रो स्थामा रहे।
दिपेनले १५ हजार र अविनले १० हजार नगद पुरस्कार लिए। संस्कार गुरुकुलका आशिर्वाद थापा चौथो , पभेलिएन चेस एकेडेमीका सुनन्द थापा पाँचौ हुन सफल भए। उनीहरुले जनहि नगद ५/५ हजार पाउन सफल भए। त्यसैगरी कौशिभ कार्की , इन्टरनेशनल पब्लिक स्कूलका सार्थक पन्त, पभेलियन चेस एकेडेमीका हर्षबर्धन राठी ,लिटल बुद्ध एकेडेमीका शुभम् जोशी र पभेलियन एकेडेमीका ओस्कर पन्थी क्रमशः छैटौदेखि दशौ स्थानमा रहेका छन्।
उनीहरुले पनि जनही ३/३ हजार नगद पाए। यु- ९ तर्फ लेवोट्री स्कूलका छात्रामा अंकुर पोखरेल र छात्रमा अग्रता आचार्य उत्कृष्ट भए भने यु – ११ मा हिमालयन चेस एकेडेमीका निहाना श्रेष्ठ छात्र र साहष श्रेष्ठ पहिलो हुन सफल भए। त्यस्तै मार्भलोसका बृजन्दास छात्र र छात्रामा उजिभनी कँडेल प्रथम भएका छन्।
हेटौंडा चेस क्लबका अध्यक्ष धरम बहादुर लामाको अध्यक्षतामा भएको सपापन तथा पुरस्कार वितरण कार्यक्रममा बागमती प्रदेशका पुर्व श्रम तथा यातायात मन्त्री माननीय एकालाल श्रेष्ठ , नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन कोषाध्यक्ष ताराबहादुर रानाभाट लगायतले , बिजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्नु भयो। कूल १ लाख १०”हजार नगद पुरस्कार रहेको दुई दिने प्रतियोगितामा ४० स्कूलमा १०२ जना खेलाडीहरुको सहभागीता रहेको थियो।
