“समर्पण समाज नेपालले मनायो अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस”

“समर्पण समाज नेपालले मनायो अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस”

कपन अनलाइन

काठमाण्डौ ,असार १२।

हरेक वर्षझैं आज विभिन्न सचेतना मुलक कार्यक्रमहरु गरि समर्पण समाज नेपाल पुनर्स्थापना केन्द्रले अन्तराष्ट्रिय लागुपदार्थ एवम् अवैध बेचविखन विरूद्धको दिवस मनाएको छ।

बुढानिलकण्ठ नगरपालिका  वडा नं. १२ फैकामा अवस्थित समर्पण समाज नेपालले विगत वि.स. २०७२ साल स्थापना कालदेखी निरन्तर रुपमा लागुऔषध तथा मध्यपान सेवन गरि समाज र परिवारबाट विस्थापित भएका दुर्व्यसनीहरुलाई उचित उपचार एवंम् परामर्श प्रदान गर्दै पुनर्स्थापित गराउदै आएको छ।

यस सस्थाका निर्देशकद्वय टासी लामा र सुमन ठकुरीले लागुदुर्व्यसनीहरुको उपचार सँगै उनिहरुको आर्थिक अवस्थालाई सुद्रीढ बनाउनको लागि विभिन्न किसिमका सिपमुलक एवंम् आयउपार्जन मुलक तालिमको पनि व्यवस्था मिलाउदै आएका छन्।

समर्पण समाज नेपालका सल्लाहकार, प्रवक्ता एवम् डि.आई पारस राईले स्थानिय नगरपालिका, वडा, विधालय, प्रहरी  तथा विभिन्न संघ संस्थाहरुसँग समन्वय गरि आउने केही वर्षभित्र वुनपालाई लागुऔषध मुक्त क्षेत्र बनाउने योजना रहेको जानकारी दिएका छन

तपाइँको प्रतिक्रिया ।