बुढानिलकण्ठ -८ युवा परिषदको आयोजनामा SEE फूटसल प्रतियोगिता सम्पन्न

बुढानिलकण्ठ -८ युवा परिषदको आयोजनामा SEE फूटसल प्रतियोगिता सम्पन्न

कपन अनलाइन

काठमाडौं , असार ८
बुढानीलकण्ठ युवा परिषद् वडा नं. ०८ द्वारा आयोजित SEE फूटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। फाइनल खेलमा भोटे एफसीले इन्साइट भिजनलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि जित्यो। विशेष आकर्षणस्वरूप आयोजना गरिएको युवा परिषद् र विद्यालय शिक्षकबीचको मैत्रीपूर्ण खेलमा शिक्षक टिमले ४–३ ले जित हासिल गर्‍यो।

कार्यक्रमकी प्रमुख अतिथि उप–नगर प्रमुख अनिता लामाले युवा परिषद् वडा नं. ०८ छिटो र उत्कृष्ट कार्यशैलीको प्रशंसा गर्दै उदाहरणीय बताए। विशेष अतिथि तथा बुढानीलकण्ठ खेलकुद अध्यक्ष सुमन तामाङले खेलाडी तथा आयोजक टिमको मेहनतको खुलेर प्रशंसा गरेका थिए।
अध्यक्ष सृजन डंगोल र युवा परिषद् टिमले सफल आयोजनामा खुसी व्यक्त गरेका छन्।

तपाइँको प्रतिक्रिया ।