हाप्किडो राष्ट्रिय च्याम्पियनसिपको सम्पूर्ण तयारी पुरा
कपन अनलाइन
काठमाण्डौ ,असार ६ ।
राष्ट्रिय हाप्किडो च्याम्पियनसिपका १० औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगितामा ७ प्रदेशका करिब ५०० खेलाडीको सहभागिता छ । प्रतियोगितामा ७२ स्पर्धा समावेश गरिएको प्राविधिक कमिटीका संयोजक तथा मुख्य प्रशिक्षक प्रविण गुरुङले जानकारी दिए। उमेर, तौल र बेल्टको आधारमा स्पर्धा चयन गरिएको हो ।
प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले गर्ने छन् । दुई दिने प्रतियोगिताले रुपन्देहीको हाप्किडो खेलको विकासमा ठूलो सहयोग पुग्ने विश्वास रहेको रुपन्देही जिल्ला हाप्किडो संघका अध्यक्ष भुमलाल श्रेष्ठले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया ।
