बुढानीलकण्ठ नगरपालिकाले एकआपसमा गाभिन चाहने निजी विद्यालयहरूलाई प्रोत्साहन गर्ने

बुढानीलकण्ठ नगरपालिकाले एकआपसमा गाभिन चाहने निजी विद्यालयहरूलाई प्रोत्साहन गर्ने

कपन अनलाइन

काठमाण्डौ ,असार ३।

बुढानीलकण्ठ नगरपालिकाले एकआपसमा गाभिन चाहने निजी विद्यालयहरूलाई प्रोत्साहन गर्ने नीति ल्याएको छ।

बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा एकआपसमा गाभिन चाहने निजी तथा संस्थागत विद्यालयहरुलाई प्रोत्साहन गर्ने बताइएको छ।

बुढानीलकण्ठ नगरपालिकामा हाल १०० भन्दा बढी निजी तथा संस्थागत शैक्षिक संस्थाहरू सञ्चालनमा रहेकोमा ती विद्यालयहरू विद्यार्थी सङ्ख्या कम भएका वा पूर्वाधार कम भएका वा नयाँ शैलीमा र प्रभावकारी ढंगले सञ्चालन गर्न चाहने विद्यालयहरू यदि एक आपसमा गाभिन चाहने र मर्जरमा जान चाहेको अवस्थामा त्यस्ता विद्यालयहरुलाई नगरपालिकाले यथोचित सहयोग गर्ने नगरपालिकाले नीति ल्याएको हो।

केहि समय अगाडी बुढानिलकण्ठमा बसौ बुढानिलकण्ठ मै पढौ भन्ने अभियानलाई शुरुवात गरेको नगरपालिकाले यस वर्षको नीति तथा कार्यक्रममा नै निजि तथा संस्थागत विद्यालयहरुलाई प्रभावकारी संचालन र व्यवस्थापनको नीति ल्याएको छ।

तपाइँको प्रतिक्रिया ।