भक्ति इन्टरनेसनल एकेडेमीद्वारा विद्यार्थीको गुणस्तर अभिवृद्धिका लागि विविध गतिविधिमार्फत पहल
कपन अनलाइन
काठमाडौं , असार २।
काठमाडौं, भक्ति इन्टरनेसनल एकेडेमीले विद्यार्थीको शैक्षिक स्तर र सीप अभिवृद्धिका लागि विभिन्न सिर्जनात्मक र प्रयोगात्मक गतिविधिहरू सञ्चालन गर्दै आएको छ। गुणस्तरीय शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै एकेडेमीले विद्यार्थीहरूलाई प्रस्तुति, परियोजना कार्य, नोबल तथा पुस्तक पठन, विज्ञान प्रयोगशाला र सूचना तथा सञ्चार प्रविधि (ICT) प्रयोगशालामा संलग्न गराउँदै आएको छ।
एकेडेमीका प्रधानाध्यापकका अनुसार “सैद्धान्तिक ज्ञान मात्र पर्याप्त हुँदैन, प्रयोगात्मक अनुभव र सृजनशील सोचले मात्र विद्यार्थीलाई समग्र रूपमा सक्षम बनाउन सकिन्छ।” सोही लक्ष्यका साथ एकेडेमीले प्रत्येक कक्षामा नियमित रूपमा प्रस्तुति अभ्यास, समूह परियोजना कार्य, तथा नवीनतम वैज्ञानिक प्रयोग गराउँदै आएको छ।
यसका साथै, विद्यार्थीहरूलाई नोबल तथा प्रेरणादायी पुस्तकहरू पढ्न प्रेरित गरिएको छ जसले उनीहरूमा पढ्ने बानी विकास गर्नुका साथै नैतिक मूल्य र समर्पणको भावना पनि जगाएको छ। विज्ञान विषयप्रति आकर्षण बढाउन विज्ञान प्रयोगशालामा विविध प्रयोगहरू गरिनुका साथै ICT प्रविधिको अधिकतम प्रयोग गराउँदै डिजिटल शिक्षा प्रणालीमा पनि विशेष जोड दिइएको छ।
यस्ता गतिविधिहरूले विद्यार्थीहरूको आत्मविश्वास, प्रस्तुतीकरण सीप, रचनात्मक सोच, टोलीमा काम गर्ने क्षमता तथा वैज्ञानिक सोच अभिवृद्धि गर्न उल्लेखनीय योगदान पुर्याएको एकेडेमीको दाबी छ।
भविष्यमा अझ नविन र गुणस्तरीय कार्यक्रमहरू सञ्चालन गर्दै विद्यार्थीको शैक्षिक तथा व्यवहारिक विकासमा निरन्तर अग्रसर रहने प्रतिबद्धता एकेडेमीले जनाएको छ।
