ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक नियन्त्रणमा

ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक नियन्त्रणमा

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ३१।

काठमाडौंको नागढुङ्गाबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ३ जना चालकलाई शुक्रबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदेश ३ -०१००६ ख ४५ ८५ नम्बरको ट्रकका चालक धादिङको गल्छि गाउँपालिका ७ का ३४ वर्षीय सन्तोष तामाङ, ना ५ ख ७४ ११ नम्बरका  ट्रक चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका १३ का २९ वर्षीय अरबिन्द दमाई र मधेस प्रदेश ०३-००१ख  ९६ ३६ नम्बरका ट्रक चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका १७ का ३४ बर्षीय गोकर्ण अर्याललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलिले चेक गर्दा‍ लागुपदार्थ सेवन गरी  सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ ।

सवारी साधन चलाउने चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा नियम बिपरीत तथा दण्डनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले  बताए । यसरी  सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा  खबर गर्नुहुन सवैमा अनुरोध गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।