अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरूलाई एन्जल्स हर्ट नेसनल स्कुलको सम्मान
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २५।
एन्जल्स हर्ट नेसनल स्कुलले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरूलाई नगदसहित सम्मान पत्रका साथ सम्मान गरियो । सम्मान कार्यक्रमका सभापति यसै स्कुलका प्रिन्सिपल टकबहादुर थापाले गर्नु भएको ।
प्रमुख अतिथिमा तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, विशेष अतिथि नेपाल करातें महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसी, स्कुलका प्रशिक्षक तथा एसियन कराते रेफ्री महेश महर्जनले व्यक्तिगत नगद पुरस्कार सहित सम्मान गर्नुभयो ।
सम्मानित हुने खेलाडीहरूमा एरिका गुरूङ (विश्व कराते महासंघको आयोजनामा मोरक्कोमा कराते वान प्रिमियर लिगकी कास्य विजेता तथा ९ औँ एसियन गोजुरियो कराते प्रतियोगितामा स्वर्ण दिलाउन सफल खेलाडी एनोज महर्जन, करिना पुरी र मनिषा रानाभाट सम्मानित भए ।
आईसीसी यु–१९ मेन्स क्रिकेट वल्र्ड कप एसिया क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्न सफल खेलाडी युवराज खत्री पनि सम्मानित भए ।
साथै रवि शाहि लाई पनि एसियन गोजुरियो करातेको रेफ्रि कमिसनको अध्यक्ष भएकोमा सम्मान गरिएको कार्यक्रम संयोजक एवं स्कुलका खेलकुद विभाग प्रमुख सुमन तिम्लसिनाले जनाएका छन् ।