नेसनल प्याब्सन बुढानिलकण्ठको आयोजनामा शिक्षक तालिम शुरु
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २४।
नेसनल प्याब्सन बुढानिलकण्ठ नगर समितीको आयोजनामा शिक्षक तालिम शुरु भएको छ।
नेसनल प्याब्सन बुढानिलकण्ठका अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षता र वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा भएको सो तालिममा १७ विद्यालयका ९० जना भन्दा बढी शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको छ।
वडा नं १२ मा रहेको बोधी सदन स्कुलमा जेष्ठ २४ गते र ३१ गते हुने सो तालिमको उद्घाटन कार्यक्रममा नगर कार्यपालिका सदस्य तथा सामाजिक विकास समिती संयोजक शान्ता ढकाल, नेसनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष विष्णु पराजुली , जिल्ला अध्यक्ष अमृत खड्का,वडा नं १२ की सदस्य इश्वरी भट्टराई, मिना बयलकोटी लगायतको उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया ।

