बाल विकास बोर्डिङ हाइ स्कुलमा कथा बनाउने प्रशिक्षण र साहित्यिक भलाकुसारी सम्पन्न 

बाल विकास बोर्डिङ हाइ स्कुलमा कथा बनाउने प्रशिक्षण र साहित्यिक भलाकुसारी सम्पन्न 

कपन अनलाइन

काठमाडौं , जेष्ठ २३ ।

<spकाठमाडौँ बूढानीलकण्ठ स्थित बाल विकास बोर्डिङ हाइ स्कुलमा CANOPY NEPAL द्वारा २०२५ ,मे ६ देखि जुन ३ सम्म ‘कथा बनाऔँ ’ प्रशिक्षण सम्पन्न भयो । हरेक हप्ताको मङ्गलबार कक्षा ७ का विद्यार्थीहरूलाई कथा बनाउने प्रशिक्षण दिइएको थियो । समाजका विविध क्षेत्रका गतिविधि , धर्म ,संस्कृति , वातावरण ,विज्ञान आदि क्षेत्रमा कथा बनाउन सिकाइएको उक्त प्रतियोगितामा विषय विज्ञद्वारा प्रशिक्षण दिइएको थियो । कथा बनाउन सिक्नका लागि संलग्न सबै विद्यार्थीलाई प्रशिक्षणको अन्तिम दिनमा विविध खेल खेलाएर मनोरञ्जन पनि दिइएको थियो । प्रशिक्षणमा सहभागी सबै विद्यार्थीलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो । प्रशिक्षणमा सहभागी सबै विद्यार्थीले आफैँ राम्राराम्रा कथा रचना गरेर सुनाएका थिए ।

<span;>त्यसैगरी मिति २०८२-२-१९ गते सोमबार विशेष खालको साहित्यिक भलाकुसारीको कार्यक्रम पनि सम्पन्न भयो । सुप्रसिद्ध संसाक मासिक पत्रिकाको प्रकाशक तथा लेखक उमेश पाण्डे र नारी विद्वेतरत्न डा. गार्गी शर्मासँग साक्षात्कार गर्दै विद्यार्थीले साहित्यिक भलाकुसारी गरेका थिए । कक्षा ४ कि छात्रा दिक्षेन तितुङ , कक्षा ६ की छात्रा एलिना तामाङ र कक्षा ७ का शुभन भण्डारीले गार्गी शर्माका बाल्यकाल ,सङ्घर्ष ,शिक्षादीक्षा ,पेसा , योगदान ,योजनाका बारेमा धेरै कुरा जान्ने मौका पाएका थिए । करिब दुई घण्टा लामो सो भलाकुसारी निकै फलदायी र प्रेरणादायी रहेको थियोे ।

तपाइँको प्रतिक्रिया ।