तेश्रो वडा अध्यक्ष कप छात्र अन्तरविद्यालय फुटबल : एनआईसी एकेडेमी सेमिफाइनलमा

तेश्रो वडा अध्यक्ष कप छात्र अन्तरविद्यालय फुटबल : एनआईसी एकेडेमी सेमिफाइनलमा

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १९ ।

एनआईसी एकेडेमी तेश्रो वडा अध्यक्ष कप छात्र अन्तरविद्यालय फुटबल प्रतियोगितामा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा चावहिलमा भइरहेको प्रतियोगितामा एनआईसीले नोब्सलाई ५–१ गोलले पराजित ग¥यो । एनआईसीका सुनिश्चित बस्नेत ‘म्यान अफ द म्याच’ घोषित भए ।
अन्य खेलमा मनास्लुले विनायकलाई ५–१, पशुपति ‘बी’ ले हिलारीलाई १–० तथा किन्सले बाल व्यवसायीलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउदै सेमिफाइनलमा पुगेका छन् । मनास्लुका अभिषेक रिजाल, पशुपति ‘बी’ का दिनेश लोहार र किन्सका अनिश राई ‘म्यान अफ द म्याच’ चुनिए ।

तपाइँको प्रतिक्रिया ।