बौद्ध चिल्ड्रेन हेवन बोर्डिङ स्कुलमा विद्यार्थीको नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १३।
काठमाण्डौ महानगरपालिका वडा नं ६ रामहिटी , बौद्धमा रहेको बौद्ध चिल्ड्रेन हेवन बोर्डिङ स्कुलमा विद्यार्थीहरुको नेतृत्वतथा चौतर्फी विकासका लागि विद्यालयको विभिन्न चार सदन लगायत विद्यालय क्याप्टेन छनौटका लागि प्रजातान्त्रिक तवरबाट निर्वाचन सम्पन्न भएको छ ।
जेष्ठ १२ गते भएको विद्यालय सदनात्मक निर्वाचनमा Yellow House तर्फ पाल्साङ शेर्पा (क्याप्टेन) र ल्होमु तामाङ (सह–क्याप्टेन), Red House तर्फ प्रज्वल तामाङ (क्याप्टेन) र गायुल शेर्पा (सह–क्याप्टेन), Green House तर्फ फुर्साङ लामा (क्याप्टेन) र सन्दिप राना मगर (सह–क्याप्टेन) र Blue House तर्फ जस्मिन गुरुङ (क्याप्टेन) र वाङ्दा शेर्पा (सह–क्याप्टेन) विजयी भएका छन।
त्यस्तै विद्यालय क्याप्टेनमा याङ्जुमा शेर्पा र विद्यालय सह –क्याप्टेनमा ओस्कर तामाङ् विजयी भएका छन ।विद्यालयका प्रिन्सिपल ललित शर्माले मतदान गरेर शुरु भएको निर्वाचनमा सम्पूर्ण कर्मचारीको सहभागिता रहेको थियो ।