भ्याली पब्लिक स्किब्स बास्केटबलको सेमिफाइनलमा

भ्याली पब्लिक स्किब्स बास्केटबलको सेमिफाइनलमा

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ११।

भ्याली पब्लिक नवौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
बसुन्धरास्थित आयोजक स्किब्सको कोर्टमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई १५–१० ले पराजित ग¥यो ।
बाँकी ३ क्वाटरफाइनल हुन बाँकी छ । त्यसमा नवीन ज्योतिले चेल्सी वल्र्ड स्कुल, त्रिज्योतिले हिमरश्मि र निम्सले ज्ञान निकेतन विरुद्ध खेल्ने छन्।
जुनियर ब्वाइजमा स्किब्सले नवीनज्योतिलाई ९–८ को साँघुरो अन्तरले हराउदै क्वाटरफाइनलमा स्थान पक्का ग¥यो । अन्य प्रिक्वाटरफाइनल ओडिसी इन्टरनेसनल एकेडेमी र युनिक नेपाल, एन्जल्स हार्ट र पिपुल्स एकेडेमी, नेपाल पुलिस स्कुल र पारामाउन्ट एकेडेमी, ज्ञान निकेतन र बसुन्धरा नेसनल एकेडेमी (बीएनए), सेब र गेट्वे एकेडेमी, हिमरश्मि र गोल्डेनपिक तथा लालीगुराँस नेसनल एकेडेमी र अपी स्कुलबीच हुनेछ ।
सिनियर ब्वाइजको प्रिक्वाटरफाइनलमा टीआईए र स्काइलार्क, न्युटन र बीएनए, प्राण्जली र विल्सन एकेडेमी, हिमरश्मि र पृथ्वी, ग्रिनल्यान्ड र सेब, स्किब्स र नेपाल पुलिस, ज्ञान निकेतन र अपी तथा एन्जल्स हार्ट र रिलायन्स भिड्ने छन् । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

तपाइँको प्रतिक्रिया ।