बुढानिलकण्ठ-१३ मा प्रस्तावना ,प्रतिवेदन र माइन्युट लेखन तालिम सम्पन्न
कपन अनलाइन
काठमाडौं ,जेष्ठ ८।
बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा प्रस्तावना ,प्रतिवेदन र माइन्युट लेखन तालिम सम्पन्न भएको छ।
वडा नं १३ को नौलिन माविको हलमा ३२ जना सहभागी भएको सो तालिममा प्रस्तावना ,प्रतिवेदन र माइन्युट लेखनका शैदान्तिक तथा प्रयोगात्मक पक्षहरुका बारेमा प्रशिक्षण प्रदान गरिएको कार्यक्रम संयोजक रिना श्रेष्ठले जानकारी दिएकी छन।
बुढानिलकण्ठ नगरपालिका वडा नं १३ की सदस्य राममाया बिकको अध्यक्षता तथा मंगल नगरकोटीको प्रमुख आतिथ्यतामा भएको तालिम समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो।
वडा नं १३ का सचिव रामचन्द्र गौतमको उपस्थिति रहेको उक्त समापन कार्यक्रममा सहभागीहरुले आफ्नो अनुभव पनि प्रस्तुत गरेका थिए ।
तपाइँको प्रतिक्रिया ।
