साप्रेढुंगा पुलको शिलान्यास नगर प्रमुख मिठाराम अधिकारीले गर्ने
कपन अनलाइन
काठमाण्डौ, जेष्ठ ६।
जेष्ठ ५ गते साँझ बुढानिलकण्ठ नगरपालिकाको राजनीतिक माहोल बुढानिलकण्ठ नगरपालिका वडा नं ८ र १० जोड्ने पुल शिलान्यासको विषयमा राजनीति निकै तात्यो।
नेकपा एमालेका नेताहरुले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले सो पुल शिलान्यास गर्ने भन्दै सामाजिक संजालमा उपस्थितिका लागि अनुरोध गरे संगै नेपाली कांग्रेसका नेताहरुले आपत्ति जनाउदै विरोध गर्ने तयारी गरेपछि स्थानीय राजनीति निकै तातेको हो।
केन्द्रमा सत्ता साझेदार दुई दल स्थानीय राजनीतिमा आमने सामने हुने स्थिति देखिए पछि सो पुलको शिलान्यास नगर प्रमुख मिठाराम अधिकारीले गर्ने तयारी गरिएको हो।
आज जेष्ठ ६ गते बिहान ७ बजे सो महत्वपूर्ण पुलको शिलान्यास हुने भन्दै सामाजिक संजाल मार्फत प्रचार गरिएको छ।
तपाइँको प्रतिक्रिया ।
