बाल विकास बोर्डिङ हाइ स्कुलमा अङ्ग्रेजी विभागद्वारा विविध कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाण्डौ, जेष्ठ ६।
आफ्नो स्थापनाकालको एकतिसौँ वर्षमा प्रवेश गरेको बाल विकास बोर्डिङ हाइ स्कुलको अङ्ग्रेजी विभागले मिति २०८२-२-४ गते आइतबार भव्यताका साथ विविध कार्यक्रम सम्पन्न गरेको छ । अङ्ग्रेजी भाषाअन्तर्गत वाककलामा पनि अब्बल बनाउने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रम विद्यालयको सभाकक्षमा सञ्चालन भएको थियोे ।
कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो । पहिलो चरणमा प्राथमिक तहका विद्यार्थीको पठन सीप विकासका हेतुले अङ्ग्रेजी पठन प्रतियोगिता आयोजना गरिएको थियो जसमा अङ्ग्रेजी विभाग प्रमुख किशोर के. सी ,अङ्ग्रेजी शिक्षकहरू क्रमश: सीमा पाण्डे र एन्जेन लामाले निर्णायकमण्डलको भूमिका निर्वाह गर्नुभएको थियो । कक्षागत रूपमा आयोजना गरिएको उक्त प्रतियोगितामा कक्षा २ बाट क्रमशः प्रिया तामाङ ,शैलेन लामा र नयुङ्मा लामा प्रथम ,द्वितीय र तृतीय भएका थिए ।
त्यसैगरी कक्षा ३ बाट प्रशंसा गिरी,खुसी भुजेल र लाभ्यान राई क्रमश प्रथम ,द्वितीय र तृतीय भाएका थिए । कक्षा चारबाट भने दिक्षेन तितुङ ,कृतिका चन्द र एन्जिला बमजन क्रमशः प्रथम ,द्वितीय र तृतीय भएका थिए ।मन्जिल कार्की ,सन्दीप नेपाली र प्रशान्त सुबेदीले कक्षा ५ बाट क्रमशः प्रथम ,द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । दोस्रो चरणको कार्यक्रममा भने अङ्ग्रेजी माध्यममा वादविवाद प्रतियोगिता आयोजना भएको थियो । विद्यार्थीहरूका जोडदार प्रस्तुतिले सभाकक्ष गुञ्जायमान भएको थियोे ।
अङ्ग्रेजी विभाग प्रमुख किशोर के. सी ,अङ्ग्रेजी शिक्षकहरू क्रमश: सीमा पाण्डे र एन्जेन लामाले निर्णायकमण्डलको भूमिका निर्वाह गर्नुभएको सो प्रतियोगितामा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरू सहभागी थिए । यस प्रतियोगितामा कक्षा ६ का विद्यार्थीहरू क्रमशः रन्जिता पण्डित ,जीवन तामाङ र एलिना बमजनले क्रमशः प्रथम ,द्वितीय र तृतीय स्थान ओगट्न सफल भएका थिए भने रुबेन श्रेष्ठ , इबुहाङ राई र विशाल खनालले कक्षा ७ बाट क्रमशः प्रथम ,द्वितीय र तृतीय स्थान हासिल गरेका थिए ।
कक्षा ८ बाट भने सुस्मिता गिरी र सुकृती श्रेष्ठ प्रथम ,सलोन कठायत द्वितीय र संयुक्ती भण्डारी तृतीय स्थान हासिल गर्न सफल भएका थिए । कक्षा ९ बाट रिन्चेन तितुङ , युनिक गमाल र आशा तामाङ क्रमशः प्रथम ,द्वितीय र तृतीय भएका थिए । उक्त कार्यक्रममा निर्णायकमण्डलबाट निर्णयको उद्घोष हुँदा अङ्ग्रेजी विभाग प्रमुख किशोर के. सी ले विद्यार्थीलाई उत्प्रेरित गर्ने किसिमले आफ्नो श्रुतिमधुर मन्तव्य प्रस्तुत गरिएको थियो । सो कार्यक्रममा विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरिसकेपछि विद्यालयका संयोजक लक्ष्मण तितुङले सहभागी विद्यार्थीलाई धन्यवाद ज्ञापन गर्नुका साथै विजयी विद्यार्थीलाई बधाई तथा शुभकामना मन्तव्य प्रस्तुत गरेर विद्यार्थीलाई थप ऊर्जाशील बनाउने काम गरेका थिए।

