एपीएफ र प्रहरीको विजयी सुरुआत

एपीएफ र प्रहरीको विजयी सुरुआत

कपन अनलाइन

काठमाण्डौ, बैशाख ११ ।

एपीएफ क्लब र नेपाल प्रहरीले आठौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको समूह ‘ए’ को लिग खेलमा साविक विजेता एपीएफले नेपाल आर्मीलाई २५–२०, २५–१३ र २५–१६ को सोझो सेटमा पराजित ग¥यो । एपीएफ छपटकको उपाधि विजेता हो ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको समूह ‘बी’ को लिगमा प्रहरीले पूर्व विजेता न्यु डायमन्डलाई सीधा सेटमा २५–१४, २५–२२ र २५–१३ ले हरायो । पाँच टिम सहभागी प्रतियोगिताको समूह ‘बी’ दुई टिम मात्र रहेकाले प्रहरी विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । न्यु डायमन्ड पनि समूह उपविजेता हुँदै सेमिफाइनलमा पुग्यो ।
प्रतियोगिताअन्तर्गत बिहीबार दुई खेल हुनेछ । पहिलो खेल आर्मी र एभरेष्ट भलिबल क्लबबीच बिहान ८ः०० बजे हुनेछ । दोश्रो खेलमा फेरि एभरेष्टले एपीएफ विरुद्ध अपरान्ह ४ः०० बजे प्रतिस्पर्धा गर्ने छ ।
प्रतियोगिताको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गर्दै प्रतिष्ठानले महिला भलिबलको विकासमा ठूलो योगदान पु¥याइरहेको धारणा व्यक्त गरे ।
सो अवसरमा उषा भण्डारीलाई ‘शेरबहादुर खड्का स्पेसल अवार्ड’ सहित ५० हजार नगदबाट सम्मान गरिएको थियो । विदेशमा रहेकाले उषाको सम्मान आमाबुवाले ग्रहण गरे । भलिबलका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई पनि नगद ५० हजारसहित सम्मान गरियो । उनीहरुलाई सदस्य–सचिव घिसिङ, प्रतिष्ठानकी संरक्षक गमली खड्का र प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले सम्मान गरे ।
विजेताले नगद ४ लाख ९९ हजार, उपविजेताले २ लाख ५० हजार र तेश्रो हुनेले १ लाख २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । पहिलो पुरस्कार लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड, दोश्रो पुरस्कार मार्वल टेक्नोप्लास्ट प्रा.लि. र तेश्रो पुरस्कार नेपाल एसबीआई बैंक लिमिटेडले प्रायोजन गर्ने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ भने विधागततर्फ उत्कृष्ट सेटर, डिफेन्स, सर्भर, लिबेरो, स्पाइकर र प्रशिक्षकलाई जनही २५ हजार दिइने छ । सर्वोत्कृष्ट खेलाडीको पुरस्कार मुक्तिनाथ विकास बैंक तथा विधागत उत्कृष्ट खेलाडीको पुरस्कार राष्ट्रिय वाणिज्य बैंकले प्रायोजन गरेका छन् । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । यो पुरस्कारमा नविल बैंकको सहयोग रहने छ । सहभागी प्रत्येक खेलाडीको ५ लाखका दरले गरिएको विमामा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले सहयोग गरेको छ । प्रतियोगिता अवधिभरको खाजाको व्यवस्था टिप टपले व्यवस्थापन गरेको छ ।
अन्य सहयोगीहरुमा एभरेष्ट बैंक, ग्लोबल आईएमइ, माछापुच्छ«े बैंक, कृषि विकास बैंक, गरिमा विकास बैंक, प्रभु बैंक, ज्योति विकास बैंक, फिट्नेस च्वाइस, बुद्ध एयर र गोकर्ण फोरेस्ट रहेका छन् । फाइनल शनिबार हुनेछ ।

तपाइँको प्रतिक्रिया ।