डिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा लायन मिलन बाबु मल्ल निर्वाचित

डिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा लायन मिलन बाबु मल्ल निर्वाचित

कपन अनलाइन

काठमाण्डौ, बैशाख ७ ।

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको आगामी लायन वर्षका लागि डिष्ट्रिक्ट गभर्नरमा लायन मिलन बाबु मल्ल  निर्वाचित भएका छन् ।
राष्ट्रिय सभागृह काठमाडौंमा सम्पन्न तेस्रो कन्भेन्सनबाट इन्टरनेसनल डाइरेक्टर इन्डोर्सीमा पिडिजी लायन ध्रुबबहादुर थापा, फस्ट भाईस डिष्ट्रिक्ट गभर्नरमा लायन प्रजापती बाँस्तोला र सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नरमा लायनकुश प्रसाद मल्ली निर्वाचितभए ।
पूर्व प्रधानन्यायाधिश कल्याण श्रेष्ठको प्रमुख आतिथ्यता, महानायक राजेश हमाल, इन्टरनेसनल डाइरेक्टर लायन बालकृष्ण बुर्लाकोटी, पास्ट इन्टरनेसनल डाइरेक्टर लायन सञ्जय खेतान, जिएटी एरिया लिडर लायन खगेन्द्र सिटौला र एलसिआईएफ एरिया लिडर लायन राजन लम्साल र मल्टिपल काउन्सिल चियरपर्सन लायन रमेश कुमार लामाको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित डिष्ट्रिक्ट गभर्नर लायन मिलनबाबु मल्लले आफ्नो कार्यकालका लागि डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरीमा लायन पुरुषोत्तम बस्नेत, क्याबिनेट ट्रेजररमालायन देवी गुरुङ र चिफ एडभाईजरमालायन कृष्ण प्रसाद शर्मालाई मनोनित गरे । साथै उनले आगामी वर्षका लागिआफ्नो थिमlydæRespect Each Other : एक अर्कालाई सम्मान गरौं” र आफ्ना मुख्य कार्यक्रमहरुको बारेमा समेत जानकारी गराए ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानन्यायाधिश कल्याण श्रेष्ठले नेपालमा लायन्स क्लबले गरेका सामाजिक कार्यको चर्चा गरे । त्यस्तै विशेष अतिथि तथा मुख्यबक्ताको रुपमा उपस्थित महानायक राजेश हमालले सबैले यो धर्तीमाहामीकिन छौं भन्ने कुरा मनन गरे मानवजीवनको कल्याण हुने बताए । उनले आफू सक्षम बनेर कमसेकमअर्को एक जनाव्यक्तिको मुहारमाखुशील्याउन सबैलाई आग्रह गरे ।
हालका डिष्ट्रिक्ट गभर्नर लायनमिलनथापाले नवनिर्वाचित डिष्ट्रिक्ट गभर्नर लगायत पुरै टिमलाई बधाई दिँदै डिष्ट्रिक्ट ३२५ जे लाई सधैं सफल डिष्ट्रिक्टको रुपमा चिनाउँदै सामाजिक कार्यहरु गर्न आग्रहगरिन् । कार्यक्रममाउनले डिष्ट्रिक्टमा राम्राकार्य गर्ने लायन्स लिडरहरुलाई प्रशंसा पत्रतथा मेडलबाट सम्मान गरिन् ।
कन्भेन्सनका अवसरमा लायन्स लिडर लायनबोध बहादुर राउतक्षेत्री र सगरमाथा आरोहण गर्ने लायन्स लिडर विष्णु प्रसाद भुसाललाई सम्मान गरिएको थियो । डिष्ट्रिक्ट ३२५ जे नेपालकाकरिब ७०० भन्दा बढी लायन्स लिडरहरुको उपस्थिती रहेको कार्यक्रम लायन्स क्लब अफ काठमाडौं बनस्थलीले होस्ट गरेको कन्भेनर तथा डिष्ट्रिक्टका पिआरओ इनचिफलायन रामराजा थापाले जानकारी दिए ।

 

तपाइँको प्रतिक्रिया ।