बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को भवन तयार, भोलि १ बजे उदघाटन हुने
कपन अनलाइन
काठमाण्डौ, बैशाख ४।
बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ।
वडा नं ६ मा आयोजित पत्रकार सम्मेलनमा सो भवन निर्माण सम्पन्न भएको र भोलि बैशाख ६ गते १ बजे विशेष कार्यक्रमका विच उदघाटन हुने वडा अध्यक्ष रवी खड्काले जानकारी दिएका छन।
वडा नं ६ का अध्यक्ष रवी खड्का र सदस्यहरु राजु भण्डारी तथा मुना महर्जनको उपस्थितिमा भएको सो पत्रकार सम्मेलनमा भवन निर्माणका विविध पक्षहरुका बारेमा जानकारी प्रदान गरिएको थियो।
वडा नं ६ मा संचालन हुने प्रसासनिक र अन्य कामहरुलाई प्रभावकारी र जनमुखीरुपमा संचालन गर्नका लागि बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले दिउसो १ बजे सो भवनको उदघाटन गर्ने वडा अध्यक्ष रवी खड्काले जानकारी दिएका छन।
वडा नं ६ को लुड़े खोला कोरिडोरमा करिव १५ आना क्षेत्रफलमा निर्माण हुने सुविधा सम्पन्न भवनको नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले शिलान्यास गरेका थिए ।