श्री गणेश मा.वि. मा विद्यालय बस खरिद प्रक्रियाको लागी ३० दिने सूचना !
कपन अनलाइन
काठमाडौं , चैत २९।
बुढानीलकण्ठ नगरपालिका वडा नं. ०२ स्थित श्री गणेश माद्यमिक विद्यालयमा विद्यालय बस खरिद प्रक्रिया अघि बढेको छ ।
शिक्षा विकास निर्देशनालय, वागमती प्रदेशको अनुदान सहयोगमा विद्यालयमा विद्यालय बस खरिद प्रयोजन सुरु भएकाले उत्पादक वा विक्रेताहरुद्वारा निर्धारित दरमा खरिद कार्यविधि २०७४ को दफा ८ अनुसार सुचि दर्ता गर्न ३० दिने सूचना जारी गरिएको हो ।
उत्पादक तथा विक्रेता भएको आधिकारिक प्रमाण सहित मिति २०८२/०१/२६ गते सम्म कार्यालय समय भित्र विद्यालयमा सुचि दर्ता गर्न वडा नं. २ अध्यक्ष राजेन्द्र श्रेष्ठले अनुरोध गरेका छन ।
तपाइँको प्रतिक्रिया ।