नेपाललाई एक स्वर्ण सहित पाँच पदक

नेपाललाई एक स्वर्ण सहित पाँच पदक

कपन अनलाइन

काठमाडौं , चैत २३।

अष्ट्रेलियाको सिड्नीमा भएको अस्ट्रेलियन ओपन कराते च्यापियनशिपमा नेपालकी एरिका गुरुङले स्वर्ण पदक जितेकी छन् । यही चैत्र २२ गते देखि भएको प्रतियोगितामा  एरिकाले ६८ केजी माथि तौल समुहमा स्वर्ण पदक जितेकी प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिएका छन् । यस्तै ६७ केजी मुनी  सन्तोष श्रेष्ठ,  ६१ केजी मुनी सविना श्रेष्ठ, ५५ केजी मुनी पुष्पका लामा र ५० केजी मुनी बर्ष बुढा मगरले कास्य पदक प्राप्त गरेका छन् ।
प्रतियोगितामा सहभागी हुने नेपालबाट पाँच जना खेलाडी सहित ९ जनाको टोली अष्ट्रेलियको सिड्नी गएको थियो ।

तपाइँको प्रतिक्रिया ।
Close