ज्ञान प्रकाश एकेडमी बुढानिलकण्कोठ -११ अभिभावक दिवस सम्पन्न

ज्ञान प्रकाश एकेडमी बुढानिलकण्कोठ -११ अभिभावक दिवस सम्पन्न

कपन अनलाइन

काठमाडौं , चैत २३।

बुढानिलकण्ठ नगरपालिका वडा -११ मा रहेको ज्ञान प्रकाश एकेडमीको अभिभावक दिवस सम्पन्न भएको छ।

विध्यालय ब्यवस्थापन समितिका अध्यक्ष खेम प्रसाद मिश्रको अध्यक्षता र प्रतिनिधि सभा सदस्य रामहरी खतिवडाको प्रमुख आतिथ्यतामा भएको १९ औ वार्शिकोत्सवमा विध्यार्थीहरुको साङितिक र रचनात्मक प्रस्तुतिहरु रहेका थिए।

विध्यालयका प्रधानाध्यापक मुरारी चालिसेले स्वागत मन्तव्य सहित कार्यक्रम माथी प्रकाश पारेको सो अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका ब्यक्तित्वहरु सहित अभिभावकहरुलाई सम्मान पनि गरिएको थियो।

लोक गायक खुमन अधिकारीको विशेष साङितिक प्रस्तुति रहेको सो अभिभावक दिवसमा बुढानिलकण्ठ नगरपालिका सामाजिक विकास समिति संयोजक शान्ता ढकाल पुडासैनी , वडा -११ का सदस्य समर गुरुङ , नेपाल सरकारका पुर्व सचिव कुमार खड्का ,नेपाली काङ्ग्रेसका नेता बिनोद चालिसे नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदिप डङोल , नेपाली काङ्ग्रेसका नगर सभापति राजराम बुढाथोकी , नेपाली काङ्ग्रेस काठमाडौं ४ ( ख ) का सचिब मनोज सिग्देल , समाजसेवी सुदर्शन केसि , इन्द्र प्रसाद न्यौपाने सहित विभिन्न विध्यालयका प्रधानाध्यापक तथा संचालक र अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।
Close