आईएसएफ यु–१५ जिम्नासियाडका लागि टोली सर्बिया प्रस्थान

आईएसएफ यु–१५ जिम्नासियाडका लागि टोली सर्बिया प्रस्थान

कपन अनलाइन

काठमाडौं , चैत २२।

आईएसएफ यु–१५ जिम्नासियाड (जुनियर स्कुल समर गेम्स) मा सहभागी हुन तीन खेलका ९ खेलाडीसहित २२ सदस्यीय नेपाली टोली बिहीबार सर्बियाको ज्लाटिबोर प्रस्थान गरेको छ । टोली बिहीबार राती ११ः०० बजे उड्ने छ ।
चैत २२ देखि बैशाख १ गतेसम्म हुने नेपालबाट थ्री बाइ थ्री बास्केटबल र पौडीमा समान ४–४ तथा बक्सिङमा १ खेलाडी सहभागी हुने छन् । बास्केटबलमा मन्दिप गुरागाईं, स्पर्श खतिवडा, सुशन हमाल र वर्दान मल्लले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा प्रेमसुन्दर होना छन् । पौडीमा मायोन श्रेष्ठ, प्राप्ती पाण्डे, श्रयला महर्जन र कल्किन श्रेष्ठ छन् । प्रशिक्षकमा नवीन महर्जन रहेका छन् । बक्सिङमा रिजोन रुम्बा लामा भिड्ने छन् । प्रशिक्षकमा दोर्जे घले रहेका छन् ।
अफिसियलमा सोविनराज रेग्मी, कमला निरौला, तिलक पाण्डे, विनोदराज पाण्डे, सन्तोष पौडेल, सोना प्रधान, सुरज श्रेष्ठ, रोशन बोहरा र रघुनाथ अगस्टी रहेका छन् ।
त्यस्तै अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) का कार्यकारी सदस्य समेत रहेका नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की सोही प्रतियोगिता दौरान हुने साधारण सभामा भाग लिन शुक्रबार सर्बिया जाने छन् । अप्रिल ८ तारिखमा हुने साधारण सभाले आईएसएफको अध्यक्ष चयन गर्ने कार्कीले बताए । कार्की अप्रिल ७ र ९ तारिखमा हुने आईएसएफको कार्यकारी बैठकमा पनि सहभागी हुने छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।

तपाइँको प्रतिक्रिया ।
Close