६ लाख भ्रष्टाचार गरेको आरोपमा प्रशासकीय अधिकृतसहित तीन जनाविरूद्ध मुद्दा दायर
कपन अनलाइन
काठमाण्डौ ,चैत १३।
छ लाखभन्दा बढी रकम भ्रष्टाचार गरेको आरोपमा धनुषाको बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरी, लेखाका छैटौं तहका अधिकृत सुमनकुमार पुरी र जनकपुर टुडे मिडिया ग्रुप प्रालिका अध्यक्ष वृजकुमार यादवविरूद्ध पनि मुद्दा दायर भएको हो।
प्रवक्ता पौडेलका अनुसार वडाहरूमा स्वास्थ्य चौकी भवन र डिप बोरिङ तथा डिप बोरिङ हाउस निर्माण कार्यमा अनियमितता भएको भन्ने उजुरी परेको थियो।
उक्त निवेदनमाथि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।
तपाइँको प्रतिक्रिया ।