काठमाण्डौ विद्यालय बुढानिलकण्ठ -१२ को अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाण्डौ विद्यालय बुढानिलकण्ठ -१२ को अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,चैत २।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको काठमाण्डौ विद्यालयमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितीकी अध्यक्ष प्रमिला केसी बिस्टको अध्यक्षतामा भएको सो कार्यक्रममा अभिभावक शिक्षाका विविध पक्षहरुका बारेमा जानकारी प्रदान गरिएको थियो।

चर्चित प्रशिक्षक ईश्वर श्रेष्ठको सहजीकरणमा भएको सो कार्यक्रममा अभिभावकहरुले निर्वाह गर्नुपर्ने भूमिका, संस्कारयुक्त शिक्षा , बालबालिका र अभिभावकको सम्बन्ध लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको प्रधानाध्यापक सुस्मिता मैनालीले जानकारी दिएकी छन।

चैत २ गते सनिवार बिहान ७ बाज देखि भएको सो अभिमुखीकरण कार्यक्रममा विद्यालय अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।
Close