ग्राम शिक्षा स्काउट ट्रुपको चौथोवार्षिकोत्सव सम्पन्न 

ग्राम शिक्षा स्काउट ट्रुपको चौथोवार्षिकोत्सव सम्पन्न 

कपन अनलाइन

काठमाण्डौ ,फागुन २४ ।

ग्राम शिक्षा स्काउट ट्रुपको चौथोवार्षिकोत्सव सम्पन्न भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा -११  मा रहेको श्री ग्राम शिक्षा मन्दिर माविमा भएको सो कार्यक्रमको प्रमुख अतिथि नगर उपप्रमुख अनिता लामा  रहेकी थिइन्   ।
बुढानिलकण्ठ स्थानीय सुसासन श्रोत तथा वित्त आयुक्त राज कुमार खड्काको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा -११ का अध्यक्ष राजु अधिकारी विशेष अतिथि रहेका थिए भने सहायक रोभर लिडर निस्चल पौड्याल, नगर स्काउट परिशद सदस्य स्वस्तिक कार्की , नेकपा एमाले बुढानिलकण्ठ -११ का अध्यक्ष तथा स्काउट मास्टर  कृष्ण भट्टराई , सचिव तथा स्काउट मास्टर अङ्गुर पौडेल  लगायत अतिथि रहेका थिए ।
ग्राम शिक्षा स्काउट ट्रुपकि सिनियर टिममेट निमा जाङ्मु शेर्पाले संचालन गरेको उक्त कार्यक्रममा जनप्रतिनिधि र स्काउट सदस्यहरु विच अन्तरक्रिया समेत गरिएको छ।

तपाइँको प्रतिक्रिया ।